logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालकै सबैभन्दा ठूलो क्षमताको ओभरहेड ट्यांकी भरतपुरमा निर्माणहुँदै

    नेपालकै सबैभन्दा ठूलो क्षमताको ओभरहेड ट्यांकी भरतपुरमा निर्माणहुँदै

    2.2K
    Shares
    नेपालकै सबैभन्दा ठूलो क्षमताको ओभरहेड ट्यांकी भरतपुरमा निर्माणहुँदै

    चितवन । भरतपुरमा नेपालकै सबैभन्दा ठूलो क्षमताको खानेपानी ट्याङकी निर्माण भइरहेको छ । ९ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी नेपालमै पहिलो पटक बनाउन लागिएको हो । महानगर क्षेत्रमा बढ्दै शहरीकरण सँगै भएका पुराना संरचनालाई स्तरउन्नती स्वरुप नयाँ खानेपानी ट्यांकी निर्माण थालिएको हो ।

    जखडीमाई सह– लगानी खानेपानी आयोजना अन्तर्गत २७ करोड १७ लाख २४ हजार ५ सयमा निर्माण कम्पनीसँग सम्झौता भए अनुसार निर्माणको काम भइरहेको छ । जाईकाको आर्थिक सहयोगमा बनेको स्टिल स्ट्रक्चर जीर्ण भएकाले ठूलो क्षमताको ट्यांकी बनाउन लागिएको हो । ढलान सहित कंक्रिटको ओभरहेड ट्यांकीले भरतपुरको वडा नं. १,२,३,४,१०,११ र १२ का ३ हजारबढी घरधुरी लाभान्वित हुनेछन् । १६ मिटर उचाईमा पानी संकलनगर्ने गरी संरचना निर्माण भइरहेको छ ।

    ट्यांकीमा प्रतिसेकेन्ड २० लिटरपानी दिने दुईवटा बोरिङ हुने संघीय खानेपानी तथा ढल व्यस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले जानकारी दिए । उनका अनुसार ७५ किलोमिटर पाईप लाईन समेत तयार भइसकेको छ ।

    यो आयोजनामा संघीय सरकारले ७० प्रतिशत र खानेपानी बोर्डले ३० प्रतिशत लगानी गरेको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए । खानेपानी बोर्ड नजिकै जिल्ला बन कार्यालयको जग्गामा निर्माणाधिन आयोजनाको मेयर सहित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर, खानेपानी बोर्ड लगायतका पदाधिकारीले विहीवार अनुगमन गरेका छन् । अनुगमनको क्रममा भरतपुर महानगरका मेयर रेनु दाहालले डेढ महिनाभित्र निर्माण कार्य सकिने जानकारी दिइन् ।

    उनका अनुसार भरतपुरमा मात्रै दुईदर्जन बढी खानेपानीका ठूला आयोजनाहरु परेका छन् । परेका आयोजना मध्ये कतिपय निर्माण सम्पन्न भइसकेका छन भने कतिपय निर्माणाधिन अवस्थामा छन् । केही आयोजनाहरु टेन्डरकै प्रक्रियामा रहेको मेयर दाहाले बताइन् । मेयर दाहालको पहिलो कार्यकालमा विना मगर तत्कालिन खानेपानी मन्त्री भएको बेला खानेपानीका आयोजनाहरु धेरै परेका थिए ।

    भरतपुर वडा नं। ११ जखडीमाईमा ४ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी पनि निर्माणाधिन रहेको छ । यस्तै शारदानगर खानेपानी आयोजना, मेघौली, दिव्यनगर, गीतानगर, देवनगर, चौकी डाँडा ढोडेनी, रामनगर लगायतका ठाउँहरुमा खानेपानी आयोजनाका कामहरु अगाडी बढेका छन् । रामनगरको समस्यालाई प्राथमिकतामा राखेर ढल व्यवस्थापनसँगै एकीकृत आयोजनाका लागि महानगरले काम सुरुगर्दै छ । भरतपुरमा पानीको अभाव हुन नदिनेगरी महानगरले कामगर्दै आएको छ ।

    स्थानीयको आवश्यकतालाई मध्यनजरगर्दै अस्थायी र दिर्घकालिन आयोजनाहरु महानगरले अघि सार्दै आएको छ । बढ्दै गएको शहरीकरणसँगै बढदो जनसंख्याको चापकाबीचपनि यि धमाधम बनिरहेको सरंचरनाले महानगरबासीहरु पिउनेपानी सहज रुपमा पाउनेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend