
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेट भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न बाबुराम भट्टराई शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
भेटमा भट्टराईका अतिरिक्त सोही पार्टीका गंगा श्रेष्ठ र विश्वदीप पाण्डे पनि सहभागी थिए।
प्रधानमन्त्री प्रचण्डले यही २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै गरेको विषयमा छलफल भएको पाण्डेले जानकारी दिए।
वातावरण राम्रो बनाएर विश्वासको मत लिने विषयमा छलफल भएको उनको भनाइ छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend