सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

लोसपाको संसदीय दलको बैठक बस्दै

लोसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ । आज बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने संसदीय दलको बैठकले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णय गर्ने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले संसदमा लिने विश्वासको मतका लागि पक्षमा मत हाल्ने कि विपक्षमा त्यसबारे संसदीय दलको बैठकले निर्णय गर्ने प्रतिनिधिसभाका सदस्य एवं लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए ।

‘देशको राजनीतिक परिस्थति क्षण क्षणमा परिवर्तन भइरहेको छ, यस अवस्थामा लोसपाले सावधानिपूर्वक निर्णय लिन्छ’ उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend