logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • यस्ता छन् काँग्रेस संसदीय दलको बैठकका निर्णयहरु

    यस्ता छन् काँग्रेस संसदीय दलको बैठकका निर्णयहरु

    1.3K
    Shares
    यस्ता छन् काँग्रेस संसदीय दलको बैठकका निर्णयहरु

    काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको छ । शनिवार पार्टीको संसदीय दलको काार्यलय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरुलाई प्रतिनिधि सभाको पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको हो ।

    बैठकले प्रतिनिधि सभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदहरुले के गर्ने भन्नेबारेमा पनि सांसदहरुलाई जानकारी गराएको नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्ने भन्नेबारेमा पनि जानकारी गराइएको बताए । उनले पार्टीको संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने पनि जानकारी गराए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने बताए ।

    उनले भने, ‘प्रतिनिधि सभाको नयाँ कार्यकाल शुरु हुनुपूर्व नेपाली काँग्रेस संसदीय दलको पहिलो बेठक बसेको छ । यो बैठक खास गरेर २५ गते प्रतिनिधि सभाको बैठकका लागि राखिएको हो । २५ गते प्रतिनिधि सभाको पहिलो बैठक शुरु हुँदैछ । २५ गते के के कुरा हुन्छ भन्ने बारेमा साथीहरुलाई जानकारी दिइयो । २६ गते प्रतिनिधि सभामा मान्य प्रधानमन्त्रीज्युले विश्वासको मत पेस गर्नुहुन्छ । २६ गतेको प्रक्रियाका बारेमा पनि जानकारी गराइयो । साथै सामान्यतया संसदमा नेपाली काँग्रेसले निर्वाह गर्नुपर्ने भुमिका र तयारीका बारेमा जानकारी गराइयो । अर्को बैठक २६ गते बिहान बजे बैठक बस्छ । नयाँ बानेश्वरको ल्होत्से हलामा बैठक बस्छ । त्यही बैठकबाट हानमी विश्वासको मतका बारेमा निर्णय गर्नेछौँ । विश्वासको मत दिने नदिने भन्नेबारेमा विश्वासको मत लिने दिन नै काँग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय हुनेछ । कुनै नयाँ गठबन्धन बनाउने, बनेको गठबन्धन भत्काउने प्रयासमा लागेका छैनौँ । नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय भएको छ । पार्टीलाई जिताउने भुमिका निर्वाह गर्ने साथीहरुलाई धन्यवाद दिएका छौँ । यो बीचमा हाम्रो दुई जना नेताहरु दिवंगत हुनुभयो, संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति उहाँकाप्रति शोक प्रश्ताव पारित गरेका छौँ ।’

    प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकवद्ध भएर प्रतिनिधि सभामा सशक्त भुमिका निर्वाह गर्ने बताए । बैठकले नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय गरेको छ भने संविधान सभा सदस्य प्रतिनिधि सभाको पूर्व सांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोक प्रश्ताव पारित गर्ने निर्णय गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend