logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिको सम्बोधन हुनेगरी सरकार अघि बढ्नुपर्छ : माधव नेपाल

    देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिको सम्बोधन हुनेगरी सरकार अघि बढ्नुपर्छ : माधव नेपाल

    1.5K
    Shares
    देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिको सम्बोधन हुनेगरी सरकार अघि बढ्नुपर्छ : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरुको सम्बोधन हुनेगरी वर्तमान सरकार अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शनिवार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्नेकुरा सहजै अनुमान लगाउन नसकिने बताए । उनले वर्तमान गठबन्धन कति दरिलो र कति टिकाउ छ भन्नेकुरा यसै भन्न नसकिने भन्दै देशमा राजनीतिक स्थायित्व हुनुपर्ने बताए । अध्यक्ष नेपालले सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । उनले पदमा को बस्छ भन्नेकुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्नेकुरामा ध्यान दिनुपर्ने बताए ।

    उनले भने, ‘अहिले हाम्रो देशको राजनीति आफ्नै हिसावले अघि बढीरहेको छ । यसबीचमा नाटकीय परिवर्तनहरु भए । एउटा गठबन्धन अघि बढीरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो । यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन । हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायित्व होस् । सरकारले जनचाहनाअनुसार आफ्नो काम र जिम्मेवारी पूरा गरोस् । को पदमा आसिन हुनेछ, त्यो महत्वपूर्ण कुरा होइन । उहाँले के गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा हो । हाम्रो राजनीतिमा रहेका जतिपनि विसंगतिहरु छन्, हाम्रो प्रशासनिक क्षेत्रमा रहेका जतिपनि विकृति छन्, समाजका यावत चुनौतिहरुको सम्बोधन गर्नेगरी सरकार अघि बढ्नुपर्छ । जनतामा राजनीतिप्रति नै कताकता नकारात्मक धार, वितृष्णाको अवस्था छ । एक अर्काप्रतिको विश्वास, कमजोर र हराएको पाइन्छ, यो दुःखको कुरा हो ।’

    अध्यक्ष नेपालले जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको बताए । उनले नागरिकमा एकअर्का राजनीतिक दलहरुप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend