काठमाडाै । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) र मेगा बैंकले यही पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । दुई बैंकले पुस अन्तिम सातादेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार थाल्ने भएका हुन् ।
दुई कम्पनीले आसपमा १००ः९० को अनुपातमा मर्जर सम्झौता गरेका थिए । अर्थात इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर १०० कित्ता नै रहने र मेगाको १०० कित्ता बराबर ९० कित्ता रहने व्यवस्था हुनेछ ।
इन्भेष्टमेन्ट र मेगाले एकीकृत कारोबार थालेपछि यो बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ । मर्जरअघि एनआईबीएलको चुक्ता पुँजी १८ अर्ब ३० करोड र मेगाको चुक्ता पुँजी १६ अर्ब ३२ करोड रुपैयाँ छ ।