logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    2.6K
    Shares
    एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटिएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटिएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ ।

    एटिएम प्रयोगकर्ताले आफ्नो पिन कोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटिएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ ।

    बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटिएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ । एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ । -न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend