सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई पनि आग्रह गर्ने

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई पनि आग्रह गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
आईतवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्युनतम साझा कार्यक्रमका बारेमा छलफल भएको जानकारी दिए । बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्युनतम साझा कार्यक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

न्युनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरु स्थापित भएको उनको भनाई थियो । साथै बैठकमा नवनिर्वाचित सांसदहरुले आफ्नो गृहजिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएका थिए । सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमवार बिहान १० बजे पुनः बस्ने जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend