logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजबाट

    ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजबाट

    2.4K
    Shares
    ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजबाट

    काठमाडौं । ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजदेखि शुरु हुँदैछ । ग्लोवल आईएमई बैंकले बैंक अफ काठमाण्डुलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक समेत बनेको हो ।

    यी दुई बैंकले मर्जर सम्झौता गरेको ७ महिनापछि एकीकृत कारोबार गर्न लागेको हो । ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डुबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो ।

    ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

    ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डु १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात बैंक अफ काठमाण्डुको १ सय कित्ता सेयर भएका शेयरधनीले मर्जरपछि ग्लोवल आइएमई बैंकको १ सय कित्ता शेयर प्राप्त गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend