logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा सोच्न राष्ट्र बैंकसँग आग्रह

    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा सोच्न राष्ट्र बैंकसँग आग्रह

    2.4K
    Shares
    मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा सोच्न राष्ट्र बैंकसँग आग्रह

    काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने र तरलता सहज बनाउने बारेमा सोच्न राष्ट्र बैंकसँग आग्रह गरेका छन् । सोमवार काठमाडौंमा भएको ग्लोवल आईएमई बैंक र बैंक काठमाण्डुबीचको एकीकृत ब्याजदरमा केही कमी ल्याउन पाए उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने उनले बताए ।

    उनले भने, यसमा मुख्य भुमिका खेल्न ग्लोवल आईएमई बैंकले अग्रता लिनुपर्छ । बैंकको ब्याज घटाउनेतिर अघि बढ्नुपर्छ । सिडी रेसियो पनि सजिलो हुँदै गइरहेको छ । ८६।८७ पुगेको छ । बैंकले लगानी गर्ने वातावरण बनाउन आग्रह गर्न चाहन्छु । इन्भेष्टिबल फण्डलाई लगानीमा कसरी गर्ने भन्नेबारेमा सोच्न आग्रह गर्दछु । नयाँ सरकारको पहिलो प्राथमिकतामा अर्थतन्त्र हुने भन्नुभएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको बेलामा ब्याजदर घटाउने र तरलता सहज बनाउने भन्नेमा सोचिन्छ भन्ने आशा छ ।

    बैंक बलियो भएपछि अर्थतन्त्र सबलता आउँछ, स्थिरता आउँछ, बैंक बलियो हुनु अर्थतन्त्रको लागि मेरुदण्ड हो । बैंकले नाफा गर्नैपर्छ । बैंकले नाफा गरेपछि मात्रै लगानी बढ्छ र अर्थतन्त्र सबल हुन्छ । बैंक बलियो भएपछि मात्रै अर्थतन्त्त सबल हुनेछ । आर्थिक परिदृश्य चुनौतिपूर्ण समयमा छौँ राजश्व घटेको छ, रोजगारी गुमाएका छन्, मुदा्रस्फिीर्त घटेको छ, मनोबल गिरेको छ । केही सुधारका संकेत देखिएका छन्, तरलतामा सुधार भएको छ, रेमिट्यान्स बडढेको छ । व्यापार व्यवसाय सुधार भएको देखिएको छ ।

    सरकारी खर्च बढ्नुपर्छ, सरकारले जबसम्म विकास खर्च बढाउँदैन अर्थतन्त्र चलायमान हुँदैन । मौद्रिक नीतिमा क्इाकुलेटेट रेस्क लिनैपर्छ । सेफ्टी हेरेर अघि बढ््ने हो भने हामी लक्ष्यअनुसार पुग्देन । निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाइकन समृद्धि पाउन सकिँदैन । कसरी लगानी प्रेरित गर्ने, कसरी उकास्ने निजी क्षेत्रलाई भन्नेकुरामा सोच्नुपर्छ । २०३० सम्ममा सय बिलियनको इकोनोमी बन्न्सक्छौँ ।

    अर्थतन्त्रमा सकारात्मक संकेत देखखापरेका छन्, सूचकहरुमा सुधार आएको छ । यो मर्जरले सूचकमा राम्रो गनैृछ । निजी क्षेत्र हतोत्साही हुनुपर्ने स्थिति छैन। सरकारले साथ दिनेछ, दिँदै आएको छ । निजी क्षेत्रको मनोबल कसरी अघि बढाउने भन्नेमारेमा प्रधनमन्त्रीको प्राथमिकता छ । निजी क्षेत्रले मनोबल उठाएर एक जुट भइ काम गर्ने हो भने लगानी प्रवद्र्धन गर्नेकुरामा इच्छित कुरा प्राप्त गर्नेछौँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend