logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक होेः अध्यक्ष ढकाल

    ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक होेः अध्यक्ष ढकाल

    2K
    Shares
    ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक होेः अध्यक्ष ढकाल

    काठमाडौं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोवल आईएमई बैंक राष्ट्र बैंकको मर्जर नीतिको लिडर बैंक भएको बताएका छन् ।

    सोमवार ग्लोवल आईएमइ बैंकले बैंक अफ काठमाण्डुसँगको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने ग्लोवल आईएमई बैंक मर्जर नीतिको लिडर बैंक भएको दाबी गरे । उनले नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन भएको बताए । उनले ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जरले बैंकको अधिकांश वित्तीय सूचकहरुमा ग्लोवल आईएमई बैंक नेपालको पहिलो बैंकको रुपमा स्थापित भएको बताए । अध्यक्ष ढकालले बैंक अफ काठमाण्डुसँगको मर्जर समेत गरेर ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बंैक तथा वित्तीय संस्थाहरु मिलेर ग्लोवल आईएमई बैंक २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत कारोबार गर्न सफल भएको बताए । उनले बैंकले दुई प्लस दुई चार नभई ५ को लक्ष्यसहित मर्जरमा गएकाले सफल भएको बताए । उनले नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउँदै ग्लोवल आईएमई बैंकले मर्जरमा प्राप्त गरेको सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको बताए ।

    उनले भने,‘नेपाली बैंकिङ क्षेत्रका लागि आजको दिन ऐतिहासिक दिन हो । ग्लोवल आईएमई र बैंक अफ काठमाण्डुबीच मर्जर भएसँगै अधिकांश वित्तिय सूचकहरुमा ग्लोवल आईएमई बैंक नेपालको नम्बर १ बैंकको रुपमा रहनेछ । यो अगाडि पनि धेरै सूचाङ्कमा नम्बर १ नै थियौं । मर्जरले अझै माथि उक्लन सफल भएका छौं । यो मर्जर समेत गरेर ५ वटा वाणिज्य बैंक,१० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बंैक तथा वित्तीय संस्थाहरु मिलेर आज २१ वटा बैंक तथा वित्तीय संस्थाको एकीकृत बैंकको रुपमा ग्लोवल आईएमई बैंकको कारोबार शुरु भएको छ । राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अगाडि बढेका हामी सरकारको मर्जरको नीतिलाई कार्यान्वयनमा ल्याउने लिडरको रुपमा हौं भन्ने कुरा प्रधानमन्त्री ज्युलाई जानकारी गराउन चाहन्छु । हामी दुई प्लस दुई बराबर ४ होइन हामी पाँचको लक्ष्य सहित मर्जरमा गएको कारणले हामी मात्रै सफल भएका छैनौं । सरकारको नीति र राष्ट्र बैंकको नीतिलाई कार्यान्वयन गरेबाट देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जानको लागि उत्साहित गरेका छौं । हाम्रा शेयरधनी देखि निक्षेपकर्ता ग्राहक सबै हाम्रो मर्जर अभियानलाई सफल बनाउन ठूलो सहयोग रहेको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend