काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का शालिकराम जमरकट्टेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार जमरकट्टेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए।