logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • जनताले मिलिजुलीकै सरकार बनाउन जनमत दिए : शरतसिंह भण्डारी

    जनताले मिलिजुलीकै सरकार बनाउन जनमत दिए : शरतसिंह भण्डारी

    2K
    Shares
    जनताले मिलिजुलीकै सरकार बनाउन जनमत दिए : शरतसिंह भण्डारी

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले अहिलेको निर्वाचनमा जनताले मिलिजुलीकै सरकार बनाउन जनमत दिएको बताएका छन् । सोमबार संसद्को पहिलो अधिवेशनको पहिलो बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    संसद्‍लाई चुनौती र अवसर दुवै भएको उल्लेख गर्दै उनले भने, ‘‘जनता आक्रोशित छन् निराश छन् तर रवि लामिछानेले भनेजस्तै आशा पनि राखेका छन् । आम जनताले आफ्ना आवाजहरूको प्रतिध्वनि सुन्न सके भने आशा जागेर आउने छ । यो संसद्का लागि अवसर र चुनौती हो । चुनौती यो अर्थमा कि त्यो अपेक्षा पूरा गर्नुपर्ने छ । अवसर यो अर्थमा कि त्यो अपेक्षा पूरा गर्न जनमत प्राप्त भएको छ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend