काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको दरार कम गर्ने पक्षमा रहेको बताएका छन् । आज प्रतनिधिसभाको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
भण्डारीले अहिले प्रतिपक्षीको रुपमा काम गर्ने बताए ।
संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्न अगाडि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले भने, ‘हिजो मिलेर चुनाव लड्यौँ। आज केही मिलेन फरक परिस्थिति बन्यो। तर अझै केही बिग्रेको छैन। प्रचण्डसँगको दरार कम गर्ने प्रयत्नमा छौँ।’