logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

    प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

    2.9K
    Shares
    प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई संविधानको धारा, १६८ को उपधारा २ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।

    मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद गठन गरेका छन्। मन्त्रिपरिषदमा सत्ता साझेदार दलहरूबाट १/१ जना सरकारमा सहभागी भएका छन्।

    संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुखले कार्यविभाजनपछि हुने गरी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबो (लिम्बू), भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई मन्त्री पदकका लागि पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्रीले तीन जना मन्त्री नियुक्त गरेपनि हाल उनीहरूलाई कुनै जिम्मेवारी हस्तान्तरण गरिएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend