logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • याे सरकार स्थिर र स्थायी हाे, ढल्छ कि भनेर कसैले पनि नसोच्नुहाेला : ओली

    याे सरकार स्थिर र स्थायी हाे, ढल्छ कि भनेर कसैले पनि नसोच्नुहाेला : ओली

    2.6K
    Shares
    याे सरकार स्थिर र स्थायी हाे, ढल्छ कि भनेर कसैले पनि नसोच्नुहाेला : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताएका छन् । सोमवार ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताए ।

    उनले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रुपमा चल्ने बताए । उनले सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई आग्रह गरे । आफूहरु सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उनले स्पष्ट पारे ।

    अध्यक्ष ओलीले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह गरे । उनले सरकारलाई नेकपा (एमाले) ले सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पारे ।

    उनले भने – ‘म साथीहरुलाई के भन्न चाहन्छु भने यो सरकार यसभित्र कुनै खेल हुन्छ कि ? कसैले फेरि यो सरकार ढाल्छ की ? यस्तो, उस्तो नसोच्नु होला । धेरै धेरै खेलाडीहरु दर्शक भएका छन् । र धेरै बाइसाइडर्स भएका छन् यसमा । रिङभन्दा बाहिर बसेर हेर्न बाध्य भएका छन् । यो यत्तिकै बनेको छैन र यो सरकार बनाइएको स्थिरताको लागि हो । यो सरकार बनाउने र गिराउने खेल होइन । स्थिरताको लागि यो सरकार बनेको हो । त्यसकारण यो सरकार स्थिर सरकारको रुपमा, प्रभावकारी सरकारको रुपमा अगाडी बढ्छ । म हाम्रो राष्ट्रसेवाको क्षेत्रमा क्रियाशिल साथीहरुलाई भन्न चाहन्छु कि पहिलो कुरा यो सरकार स्थिर र स्थायी सरकार हो भन्ने कुरा मनमा राखेर साथीहरुले काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु । कुनै प्रकारको हल्लाको पछाडी लाग्नुको आवश्यकता छैन । यो सरकार एउटा निकम्मा, निस्क्रिय, शिथिल, यथास्थितिमा रहने होइन । गतिशिल स्थायी सरकार हो । स्थायी तर गतिशिल । र प्रभावकारी सरकार हो यो । त्यस ढंगले यो चल्नेछ । नेकपा (एमाले) यस सरकार निर्माणमा सबभन्दा ठूलो घटक हो । ठूलो हिस्सा । मेरो पार्टीको अलिकति पनि, कुनै पर्सेन्टेज कहीँ कतै होइन, सम्पूर्ण रुपमा साथ, सहयोग, सर्मथन यस सरकारलाई छ । यो खालि टेम्पोरेरी एरेजमेण्टको कुरा होइन । पर्मानेण्ट सेटलमेन्टको कुरा हो यो ।’

    अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दलहरुलाई आग्रह गरे । उनले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरुले छिटोछिटो नभइ सुविचारित ढंगले सरकार निर्माण गरेको बताए । उनले वर्तमान सरकार निर्माणका लागि पुस ४ गते पछिदेखि नै छलफल शुरुवात भएको भन्दै धरै छलफल पछि मात्रै यो सरकार बनाइएको प्रष्ट पारे ।

    उनले भने – ‘कतिपयले बडो राजनीतिक खेल छिटोछिटो भयो भने । कहाँ छिटो हुनु ? मंसिर ४ गते चुनाव भयो । पुष १० गते बल्ल सरकार बनेको छ । कहाँ छिटो ? सुविचारित ढंगले झन्डै सवा महिना लगाएर सुविचारित ढंगले छलफल गरेर, अनेक राउण्डको छलफल पछि विचार, विमर्श गरेर यो सरकार गठन भएको हो । सवा महिनाको अभ्यासपछि मुलुकलाई कसो गर्दाखेरी राम्रो हुनसक्छ भनेर ।’

    अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय मुलुकहरुलाई आग्रह गरे । उनले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने जानकारी दिए । उनले आफूहरु कसैसँग शत्रुता नराखी मित्रता कायम गरेर अगाडी बढ्ने बताए । सरकारको वैदेशिक सम्बन्धलाई सुदृढ बनाउने नीति रहेको उनको भनाई छ ।

    उनले भने – ‘एउटा कुरा के पनि म स्पष्ट गर्न चाहन्छु भने यो सरकार नेपाली जनताले चुनेर बनाएको संसद, जनताको अभिमतबाट बनेको संसद, संसदको अभिमतबाट बनेको यो सरकार । त्यसकारण म हाम्रा सबै अन्तर्राष्ट्रिय मित्रहरुलाई यसको मर्मलाई बुझेर यसप्रति कुनै आशंकाको दृष्टिकोण राख्नुपर्ने छैन भन्नेकुरा भन्न चाहन्छु । र यस सरकारले, निति कार्यक्रममै आएको छ कि यो सरकारले अत्यन्त जिम्मेवारीका साथ असल, समस्यारहित छिमेक सम्बन्ध र परराष्ट्र सम्बन्ध, वैदेशिक नीति सञ्चालन गर्छ । यो कसैको बिरुद्धमा होइन । हामी सधैँ सबैसँग मित्रता । छैन कसैसँग शत्रुता । कसैको अहितमा सोच्ने हाम्रो बानि छैन । हामी कसैको अहितमा सोच्दैनौँ । सोच्नुपर्ने आवश्यकता छैन । सबैसँग मित्रताका लागि हामी काम गर्छौं । सम्बन्ध अझ सुदृढ, अझ उच्चस्तरमा पु¥याउने र हाम्रो राष्ट्रको राष्ट्रिय हीतको रक्षा र संवद्र्धन गर्दै, हाम्रा वैदेशिक सम्बन्धहरुलाई सुदृढ बनाउने हाम्रो नीति रहेको छ ।’

    उनले सरकारले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने र नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम अनुसार काम गर्नेमा विश्वास व्यक्त गरे ।

     

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend