काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकको एकीकृत कारोबार सुरू भएको छ । प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि आज प्रभु बैंकको नामबाट पहिलो कारोबार सुरु भएको हो ।
आज सांसद देविप्रकाश भट्टचनले कारोबारको उद्घाटन गरेका छन् ।
नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले प्रभु बैंकको नामबाट एकीकृत कारोबार गर्न स्वीकृति दिएसँगै एकीकृत कारोबार भएको हो ।
मर्जरमा जाने सम्झौता साउन १५ गते भएको थियो । प्रभुले १ः१ स्वाप रेसियोमा प्राप्ति गरेको हो ।