logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल, यस्तो छ प्रस्ताव

    एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल, यस्तो छ प्रस्ताव

    5.6K
    Shares
    एकीकृत समाजवादीमा प्रवेश गर्दै घनश्याम भुसाल, यस्तो छ प्रस्ताव

    काठमाडौं । नेकपा (एमाले) परित्याग गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने तयारी गरेका छन् । एकीकृत समाजवादी प्रवेशका लागि उनले प्र्रस्ताव पनि पठाएका छन् ।

    भुसाल निकट स्रोतका अनुसार आफूले राखेका प्रस्तावमा सकारात्मक जवाफ आए उनी छिटै एकीकृत समाजवादीमा औपचारिक रूपमा प्रवेश गर्नेछन् ।

    “उहाँको प्रस्ताव आजको सचिवालय बैठकले स्वीकार गरेको छ । लगभग कुुरा टुंगिसकेको छ । अब हामी एउटा प्रस्ताव पठाउँछौँ । त्यसपछि उहाँलाई पार्टीमा स्वागत गछौँ,” एकीकृत समाजवादीका एक नेताले भने ।

    भुसालले एकीकृत समाजवादीमा आउनका लागि महासचिव पदमा आकांक्षा राखेका छन् । अहिले सचिवालय सदस्य बनाउने तयारी भएको ती नेताले बताए ।

    मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उमेदवारी दिएका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

    पूर्णपाठ:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend