काठमाडौं । नेपाली काँग्रेसले पनि सरकारलाई विश्वासको मत दिने भएको छ । मंगलबार संविधानसभा भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो ।
सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय केन्द्रिय कार्यसम्पादन समितिको बैठकले गरेको पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
बैठकमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहेका थिए । प्रधानमन्त्री दाहालले केहीबेरपछि बस्ने संसद बैठकमा विश्वासको मत लिनेछन् ।