सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

जनताको अभिमतअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको हो : सांसद् परियार

जनताको अभिमतअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको हो : सांसद् परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सन्तोष परियारले जनताको अभिमतअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा सांसद् परियारले जनताले रास्वपालाई राजनीतिमा मात्रै नभएर सरकारमै जाऊ, र नेतृत्व गर भनेर पठाएको दाबी गरे ।

‘जनताले हामीलाई राजनीतिमा जाऊ मात्रै भन्नुभएको छैन, सरकारमा जाऊ भनेर यो मौका दिनुभएको हो । तदनुरुप हामी आज सरकारमा छौँ । हामीसँग यो लोकतन्त्रलाई अझ बलियो र संमृद्ध बनाउनुको विकल्प छैन,’ उनले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend