logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसले ढोक्सा थापेको हो भने त्यो ढोक्सा रित्तै हुनेछ, जालमा माछा पर्ने छैन : ओली

    कांग्रेसले ढोक्सा थापेको हो भने त्यो ढोक्सा रित्तै हुनेछ, जालमा माछा पर्ने छैन : ओली

    4.5K
    Shares
    कांग्रेसले ढोक्सा थापेको हो भने त्यो ढोक्सा रित्तै हुनेछ, जालमा माछा पर्ने छैन : ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले काँग्रेसको सो निर्णयमा कुनै खालको जालझेल हुन सक्ने बताएका छन् ।

    उनले त्यो निर्णय कुनै जाल हो भने त्यसलाई सफल हुन नदिने चेतावनी दिए । यदि त्यो जाल हो भने माछा नभएको खोलामा फ्याँके जस्तै हुने अध्यक्ष ओलीको भनाई थियो । नेपाली काँग्रेसले सदासयताबाहेक अन्य प्रयोजनका लागि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो भने त्यो जालमा माछा नपर्ने उनले बताए ।

    ओलीले भने, ‘म सबै सांसदजीहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मतमा समर्थन गर्न आग्रह गर्दछु । त्यस मध्ये प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले समर्थन जनाईसकेको छ । यदि यो समर्थन भित्र सदासयताबाहेक अरु कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने म भन्न चाहन्छु–जाल हो भने म भन्न चाहन्छु–माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल । केही यस भित्र भोलीका निम्ति अरु खालको कुराहरु सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस पानीबाट, त्यस खोल्सीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन । आफै अन्तिम पटक संसद विघटन गरेर प्रतिगमनमा पुर्‍याएर माग १९ पुर्‍याएको सम्झिएर संसद विघटन भन्ने वित्तिकै प्रतिगमन ठान्नु हुन्छ उहाँ । सधैं त्यस्तो हुँदैन । संसद संसदीय प्रणालीमा बेलायतमा पनि भंग हुन्छ । इन्डियामा पनि भंग हुन्छ । जापानमा पनि हुन्छ । इजरायलमा पनि हुन्छ । अन्यत्र पनि हुन्छ । पर्नेवाला छैन ।’

    अध्यक्ष ओलीले संसद विघटन गरेर माघ १९ ल्याउने काम गरेकाले काँग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटनको हरेक निर्णयमा प्रतिगमन देख्ने गरेको कटाक्ष समेत गरे ।

    उनले निर्वाचन हुन्छ भने त्यस्तो खालको संसद विघटन जायज हुने आफ्नो अडान समेत दोहोर्‍याए। त्यस अवसरमा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गर्ने सन्दर्भमा प्रस्तुत गरेको सम्बोधन देश र जनताको आशा अनुसार भएको भन्दै सबै राजनीतिक दलहरुले त्यसलाई समर्थन गरेर जानुपर्ने बताए ।

     

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend