काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन संसद बैठकमा प्रक्रिया शुरु भएको छ ।
दाहाललाई नेपाली काँग्रेस, नेकपा एमाले,नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्त पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लगायतका दलहरुको समर्थन छ ।
नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा भने प्रधानमन्त्री दाहालको विपक्षमा उभिएका छन् । विश्वासको मत दिने प्रक्रिया अहिले जारी छ ।