logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका नेता यादवले गरे दाबी पेश

    मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका नेता यादवले गरे दाबी पेश

    2.7K
    Shares
    मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका नेता यादवले गरे दाबी पेश

    धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेश गरेका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेश गरेको एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिए ।

    १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको आवश्यकता हुने भएपनि ७१ सांसदको समर्थन यादवले जुटाएका हुन् ।

    मधेस प्रदेशमा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनमत पार्टीका १३, जनता समाजवादी पार्टी, नेपालका १६, माओवादी केन्द्रका ८, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १, नागरिक उन्मुक्ति पार्टीका १ र स्वतन्त्र सांसद ६ जना छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend