logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरीद्वारा दाबी पेस

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरीद्वारा दाबी पेस

    3K
    Shares
    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरीद्वारा दाबी पेस

    रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले एमालेसहित माओवादी, राप्रपालगायतका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।

    लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुईजना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । तर मुख्यमन्त्रीमा दाबी पेश गर्दा गिरीको पक्षमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका३, जनमतका ३, लोसपाका ३ र स्वतन्त्रका गरी ५८ जना सांसदले समर्थन गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend