शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल

युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल

प्रम प्रचण्ड पदभार ग्रहण काठमाडौँ, ११ पुस नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पदभार ग्रहणका क्रममा । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिने बताएका छन् । बुधवार काठमाडौंमा योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताएका हुन् ।

उनले सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाहरुको धेरै मद्दत चाहिएको बताए । उनले प्रतिक्रियावादीहरुको घेराबन्दीलाई चिरेर सरकारको नेतृत्व गर्न पुगेको भन्दै सो सफलतालाई कम आँक्नु नहुने बताए । प्रधानमन्त्री दाहालले भने– ‘यतिबेला चाहिएको छ सरकारलाई र पार्टी नेतृत्वलाई तपाईहरुको धेरै मद्दत चाहिएको छ । प्रतिक्रियावादीहरुका धेरै घेराबन्दीहरुलाई चिरेर यहाँ आइपुगियो । सजिलै आएको होइन । हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो । यसलाई कम हामी कसैले पनि आँक्नु हुँदैन । परिषद्को बारेमा, युवाहरुको रोजगारीको बारेमा, युवाहरुलाई नियुक्ति गर्ने बारेमा तपाईहरुले उठाउनुभएको ध्यानाकर्षण नोट भयो । र म त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयास÷प्रयत्न गर्नेछु ।’

प्रधानमन्त्री दाहालले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन दिए । सरकारले जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने उनले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend