logo

२०८१ जेष्ठ ३ बिहिबार

logo
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेपालमै पहिलो पटक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाको शोरुम संचालनमा

    नेपालमै पहिलो पटक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाको शोरुम संचालनमा

    2.3K
    Shares
    नेपालमै पहिलो पटक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाको शोरुम संचालनमा

    काठमाडौं । भारतमा विद्युतीय निर्माण सामाग्री (इसिएम) को सबैभन्दा ठूलो घरेलु उत्पादक मध्ये एक पानासोनिक लाइफ सोलुसन्स इन्डीयाले नेपालमा पहिलो पटक शोरुम संचालनमा ल्याएको छ । कम्पनीले सार्क क्षेत्रमै २१ औं र नेपालमा पहिलो एक्सक्लुसिभ हाउजिङ सोलुसन फ्रेन्जाइज सोरुम संचालनमा ल्याएको हो ।

    इसिएम स्पेस बाहेक कम्पनीले भारतमा विभिन्न प्रकारका स्मार्ट इलेक्ट्रोनिक्स, पावर, हाउजिङ, इनर्जी र होम अटोमेसन सोलुसनमा काम गर्दै आएको छ । अत्याधुनिक उत्पादन डिजाइनका साथ शोरुमले उत्कृष्ट–स्तरीय मोड्युलर किचेन्स, वार्डरोब, इलेक्ट्रोनिक ट्वाइलेट सिट (इटिएस), लुगा सुकाउने प्रणाली, रिभोल्भिङ सुज ¥याक जस्ता उन्नत पानासोनिक हाउजिङ सोलुसन जस्ता आकर्षक छनौट सहितका उत्पादनहरु सोरुममा उपलव्ध गराउने छ । कम्पनीले अर्को पुस्ताको प्रविधिको अनुभव लिन सहज वनाउँदै आवासीय, व्यवसायिक र औद्योगिक क्षेत्रका लागि जुत्ता ¥याक र सिटेड शावर जस्ता उत्पादन पनि ल्याउने छ ।

    प्राविधिक ज्ञान भएका उपभोक्ता माझ नवीन आवास समाधानहरुको माग बढ्दै गईरहेको छ । कम्पनीले सहरी उपभोक्ताहरुलाई लक्षित गर्दै समग्रमा फस्र्ट–ह्याण्ड अनुभव मार्फत नवीन घरेलु समाधानहरु प्रदान गर्ने लक्ष राखेको छ ।

    पानासोनिक लाइफ सोलुसन्सको विश्वव्यापी विशेषज्ञताका कारण काठमाडौंका रियल इस्टेट संग सम्वन्धीतहरु, आर्किटेक्टहरु, इन्टेरियर डिजाइनरहरु र उपभोक्ताहरुलाई अनुपम अनुभव प्रदान गर्ने उत्प्रेरकको काम गर्नेमा हामि विश्वस्त छौं । परिष्कृत सुरक्षा, आराम र सुविधाको कारण रणनीतिक रुपमा अवस्थित पानासोनिक लाइफ सोलुसन्सको शोरुम घरलाई सुन्दर र जीवनलाई सहज वनाउन आवश्यक उत्पादन हरु तथा समाधानहरुको विस्तृत श्रृंखलाले पूर्ण हुने हामिलाई लागेको छ ।

    पानासोनिक होम एण्ड लिभिङका लागि काठमाडौंको सोरुम रुक्मणी इन्टरनेशनल फ्रेन्चाइजीका साझेदार आदित्य बुधियाले भने, ‘रुक्मणी इन्टरनेशनल नयाँ साझेदारीबाट निकै उत्साहित छ । पानासोनिक लक्जरी कलस किचेन्सहरु एशियाली घरहरुका लागि साँच्चै एशियाली किचनहरु हुन्, जसले राम्रो डिजाइन गरिएका गुणस्तरीय किचनहरुमा कार्यक्षमता खोज्ने ग्राहकहरुको माग पुरा गर्ने छ । पानासोनिक लिभिङ स्टोर रुक्मणी इन्टरनेशनल, तारा भवन, प्रकास फार्मेसी नजिकै टेकुमा रहेको शोरुममा हाम्रो उतपादनको डिस्प्ले गरिएको छ र हामि ब्रान्डका लागी ठुलो अपेक्षाका साथ प्रतिक्षा गरिरहेका छौं ।

    काठमाडौंका ग्राहकहरुले अब सहरको मध्य भागमा रहेको शोरुमः पानासोनिक लिभिङ स्टोरको टेकुमा प्रकाश फार्मेसी संगै रहेको तारा भवनमा रुक्मणी इन्टरनेशनलमा ग्राहकले भ्रमण र अनुभव गर्न सकिनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend