logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

    प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

    4.3K
    Shares
    प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् । उनले १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख गरे ।

    पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालले जनचाहनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको बताए । सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग गरिरहने उनको भनाइ थियो ।

    अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्री दाहाललाई आग्रह गरे । ‘सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न पार्टीले घचघच्याइ रहने छ’, उनले भने । संविधानको मूलमर्म र भावनालाई ध्यान दिएर अघि बढ्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सचेत गराएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend