आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको आज सुनुवाइ हुँदै

सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा आज  उच्च अदालत पाटनमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ ।

यसअघि तीनपटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन ।

सन्दीपविरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीको मुद्दा चलिरहेको छ । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend