logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • १७ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरुको सरुवा, बागमतीमा दिपक थापा

    १७ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरुको सरुवा, बागमतीमा दिपक थापा

    4.1K
    Shares
    १७ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरुको सरुवा, बागमतीमा दिपक थापा

    काठमाडौं: गृह मन्त्रालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)हरुको सरुवा गरेको छ। गृह मन्त्रालयले आज अर्थात पुष २८ गते डिआइजीहरुको सरुवा गर्ने निर्णय गरेको हो।

    मन्त्रालयले बागमती प्रदेश प्रहरी कार्यालय डीआइजी दिपक थापालाई सरुवा गरेको छ। प्रहरीको आर्थिक प्रसासन महाशाखा प्रमुख थापालाई बागमती प्रदेशको जिम्मेवारी दिईएको हो।

    त्यस्तै डीआइजी सन्दिप भण्डारीलाई प्रहरी प्रधान कार्यालय कार्य बिभाग कार्य निर्देशनालयमा सरुवा गरिएको छ उनी नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए।

    प्रदेश एक मा श्यामलाल ज्ञवाली, मधेश प्रदेश प्रहरी प्रमुखमा बसन्त कुँवर, बागमती प्रदेश प्रहरी कार्यालयमा दिपक थापा, लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा टेक प्रसाद राई, कर्णालीप्रदेश प्रहरी कार्यालयमा भिम प्रसाद ढकाल, गण्डकी प्रदेश प्रहरी कार्यालयमा बुद्धिराज गुरुङ, अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय  सरुवा गरिएको छ।

    मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन्  ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend