logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • संसदीय समितिले दिएका निर्देशन सरकारले पालना गरेनः सभापति पन्थ

    संसदीय समितिले दिएका निर्देशन सरकारले पालना गरेनः सभापति पन्थ

    2.9K
    Shares
    संसदीय समितिले दिएका निर्देशन सरकारले पालना गरेनः सभापति पन्थ

    काठमाडौं । दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको गुनासो गरेका छन् । बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सभापति पन्थले संसदीय समितिहरुले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको स्वीकार गरेका हुन् ।

    उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका १६ वटा संसदीय समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन नगरेको पाइएको बताए । उनले ंससद र सरकार दुई फरक संस्था भएकाले एकले अर्काको क्षेत्राधिकार नमिचिने गरी निर्देशन हुँदा मात्रै कार्यान्वयन हुने गरेको बताए । उनले कारले गर्ने काम समितिले गर्न खोज्दा निर्देशन दिँदा कार्यान्वयन नहुने गरेका बताए ।

    उनले भने,‘ राष्ट्रिय सभा र प्रतिनिधि सभा गरेर १६ वटा संसदीय समितिहरु रहेका छन् । विगतदेखि मिडियामा संसदीय समितिहरुले दिएका निर्देशन सरकारले पालना नगरेका कुराहरु आइरहेका छन् । बाहिर आएका कुराहरु सत्यता नै हो । संसदीय समितिले दिएका निर्देशनहरु सरकारले कार्यान्वयन गरेको अवस्था छ । संसद र सरकार कार्यपालिका र व्यवस्थापिका दुई वटा फरक संस्था हुन् । एकले अर्काको क्षेत्राधिकार मिच्न मिलेन । क्षेत्राधिकार मिच्ने गरी निर्देशन हुँदा कार्यान्वयन नहुन पनि सक्छ । सरकारले गर्ने काम समितिले गर्न खोज्दा निर्देशन पालना नहुन सक्छ । समितिले क्षेत्राधिकार नमिचिने गरी संसद आफ्नो क्षेत्रभित्र रहने गरी र सरकार संसदप्रति उत्तरदायी रहने गरी निर्देशन गर्न सकियो भने पालना हुनसक्छ । समितिले निर्देशन दिँदा प्रमाण बेसमा अध्ययन गरेर निर्देशन गर्न सकियो भने प्रभावकारी हुनसक्छ ।’

    उनले समितिले क्षेत्राधिकार नमिचिने गरी संसद आफ्नो क्षेत्रभित्र रहने गरी र सरकार संसदप्रति उत्तरदायी रहने गरी निर्देशन गर्नसके पालना हुने बताए । उनले समितिले निर्देशन दिँदा प्रमाणका आधारमा अध्ययन गरेर निर्देशन गर्नसके प्रभावकारी हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend