आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

शंकरको संगीत, राजेश पायलको स्वरमा रहेको ‘ख्याल ठट्टा’ सार्वजनिक

शंकरको संगीत, राजेश पायलको स्वरमा रहेको ‘ख्याल ठट्टा’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा समावेश ‘ख्याल ठट्टा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सन्देश मुलक यस गीतमा गीतकार सुधा मरहट्टाको शब्द रहेको छ भने शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।

म्युजिक भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। प्रख्यात घिमिरेको भिडियोमा कोरियोग्राफी रहेको छ ।

अनुराग रईगाई र सुधा मरहट्टाकोको लगानी रहेको यस भिडियोलाई सशान कंडेलको निर्देशनमा तयार पारिएको हो। भिडियो ुसनराईज म्युजिकु नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend