logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

    कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

    1.5K
    Shares
    कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गरेका छन् ।

    उनले भनेका छन्– म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसंघका सदस्य देशहरुलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसڮघको मूल्य मान्यता र यसको बडापात्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ ।

    संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

    उहाँले त्यस बैठकमा विश्वका सबै देशहरुले आजको अवस्थामा संयुक्त राष्ट्रसंघको मूल्य मान्यतामा जोड दिँदै यसको महत्वका लागि कानुनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गरेको बताइएको छ ।
    उनले विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना र यसको प्रवद्र्धनका लागि विश्वका देशहरुले संयुक्त राष्ट्रसंघको बडापत्र र यसका मूल्य मान्यताहरुको सम्मान र प्रवद्र्धनमा जोड दिनुभएको पनि सो समाचारमा जनाइएको छ ।

    विश्वम शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरुमा आत्मसम्मानको विकास गर्नका लागि पनि कानुनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उनको भनाई थियो । विश्वमा दिन प्रतिदिन हिंसा बढ्दै गएको छ र अहिले विश्वमा विभिन्न नयाँ स्वरुपहरुमा नागरिकहरुप्रति हत्या हिंसा बढ्दै गएको छ भन्दै यो सबै अवस्थाको अन्त्यका लागि कानुनी शासनको पालना गर्नुपर्नेमा उनले जोड दिए ।

    उनले भने– विश्वका विभिन्न देशमा हत्या हिंसा बढ्दै गएको छ । विभिन्न स्वारुपका हिंसात्मक गतिविधिहरु बढिरहेका छन् भन्दै यसका लागि सबैले कानुनको पालना र दोषीमाथि कानुनी शासन अनुरुप कारबाही हुनु जरुरी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend