logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विकास निर्माणका काममा सरकार अब तमासा हेरेर बस्दैनः मन्त्री श्रेष्ठ

    विकास निर्माणका काममा सरकार अब तमासा हेरेर बस्दैनः मन्त्री श्रेष्ठ

    1.8K
    Shares
    विकास निर्माणका काममा सरकार अब तमासा हेरेर बस्दैनः मन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताएका छन् । शुक्रवार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुग्नुभएका उनले यस्तो बताएका हुन् ।

    उनले विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता नागरिकलाई भयरहीत सडकमा यात्रा गराउने रहेको र त्यसका लागि आफूले काम शुरु गरिसकेको बताए । मन्त्री श्रेष्ठले सडकका समस्या समाधानका लागि प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रवार सम्बन्धित निकायहरुका प्रमुखहरुसँग छलफल गर्ने र समस्याको पहिचान गरी समाधान गर्नका लागि पहल गर्ने अभियानमा आफू लागेको बताए ।

    उनले सडकका समस्या समाधानका लागि अझै केही समय लाग्ने भएपनि जनतालाई सेवा दिने कुरामा कतैबाट हेलचेक्र्याँइ र कमजोरी भएको छ खण्डमा सरकारले छुट नदिने बताए । उनले सरकारले बनाएका नीति नियमको प्रभावकारी कार्यान्वयन गर्न लाग्ने र सकारात्मक गुणात्मक हस्तक्षेप हुने बताए । सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढंगले काम गर्नेपनि बताए । उनले गैर जिम्मेवारी काम गर्नेहरुलाई कारबाहीको प्रक्रियामा जान सरकार नहिच्किचाउने बताए ।

    उनले भने, ‘सबै निकायहरु जस्तो नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता छ । समन्वय र सबैले आफ्नो जिम्मेवारी समयमा नै पूरा नगरेको कारण समस्या देखापरेको छ । काठमाडौं उपत्यकाका सडकहरु मन्त्रालय अन्तर्गतका मात्रै छैनन्, महानगरका पनि कतिपय सडक छन्, उच्चस्तरीय वागमती सभ्यता अन्तर्गतका छन । सबैसँग समन्वय गरेर सडकका समस्या समाधान गर्ने, सडक चुस्तदुरुस्त बनाउने र यस प्रकारको पैदलयात्री हिँड्ने बाटो पनि ठिक ढंगले अघि बढाउने योजनामा काम गर्न खोजिरहेका छौँ ।

    प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रवार २ बजे सबै सम्बन्धित निकायका प्रमुखहरु नै बसेर समस्याका समाधानका लागि छलफल गर्ने निर्णय भएको छ । केही समय अझै लाग्छ । राज्यका निकायहरु जनताले तिरेको करबाट हामीले सेवा,सुविधा लिइरहेका छौँ । कतैबाट हेलचेक्र्याँइ र कमजोरी भएको छ भने छुट दिनेछैनौँ । प्रभावकारी ढंगले कार्यान्वयन गरिन्छ । सकारात्मक गुणात्मक हस्तक्षेप हुन्छन् । तमासा हेरेर बस्ने स्थिति छैन । अफ्ठ्यारो छ, जनताले दुःख पाएका छन्, विकास निर्माणको अनुभुति गर्न पाएका छैनन् । तर पनि यस्तै हो भन्ने हुँदैन, सकारात्मक गुणात्मक हस्तक्षेप गरिन्छ, सबैलाई जिम्मेवारी बोध गराएर समन्वयात्मक ढंगले काम हुन्छ । गैर जिम्मेवारी काम गर्नेहरुलाई कारबाहीको प्रक्रियामा हामी जान्छौँ ।’

    उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक सुधार गर्ने किसिमबाट काम गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको बताए । उनले निर्माण व्यवसायीसँग तोकिएको समयभित्र काम सक्नैपर्ने लिखित प्रतिवद्धता भएको पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend