आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

क्रिकेट संघले अब सन्दीपलाई कप्तान बनाउनुपर्छ : सन्दीपका वकिल

क्रिकेट संघले अब सन्दीपलाई कप्तान बनाउनुपर्छ : सन्दीपका वकिल

काठमाडौं । अदालतले धरौटीमा छाड्न आदेश दिएका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्किन नरोक्ने उनका वकिलले बताएका छन् । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले सन्दीप थुनाबाट बाहिर निस्किएपछि क्यानले स्वतः कप्तान फिर्ता दिनुपर्ने बताए ।

बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएका छन् ।

वकिल घिमिरेले परिवारले धरौटी रकम दाखिला गरेको र जिल्ला अदालतको पत्र लिएर अदालतबाट तारिख लिएपछि आजै दुई बजेभित्र रिहा हुने जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend