logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • हस्तकला व्यवसायको बिस्तारका लागि युवाहरुलाई पार्ट टाइम कामको व्यवस्था गर्नुपर्छः अध्यक्ष मल्ल

    हस्तकला व्यवसायको बिस्तारका लागि युवाहरुलाई पार्ट टाइम कामको व्यवस्था गर्नुपर्छः अध्यक्ष मल्ल

    2.5K
    Shares
    हस्तकला व्यवसायको बिस्तारका लागि युवाहरुलाई पार्ट टाइम कामको व्यवस्था गर्नुपर्छः अध्यक्ष मल्ल

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हस्तकला व्यवसाय पुस्तान्तरण भएपनि बिस्तार हुन नसकेको बताएका छन् । शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष मल्लले हस्तकलाको बिस्तारका लागि आवश्यक काम गर्न सरकारसँग आग्रह गरे । उनले सरकारले राष्ट्रिय नीति बनाएर युवाहरुलाई पार्ट टाइमका लागि काम ल्याउनुपर्ने बताए । उनले हस्तकलाको बिस्तारका लागि अनलाइन प्रक्रियालाई सहज बनाउँदै निर्यात वृद्धि गर्नुपर्ने बताए । अध्यक्ष मल्लले नेपालमा उत्पादित हस्तकलाको प्रवद्र्धनका लागि छुट्टै एक्सपोर्ट हाउसको व्यवस्था गर्नुपर्ने माग गरे ।

    उनले भने, ‘हस्तकला व्यवसाय पुस्तान्तरण भएको छ तर यसले व्यापकता पाउन सकेको छैन । त्यसैले व्यापकता दिनका लागि यो व्यवसायलाई व्यापकता गर्न अनुरोध गर्छु । नेपालमा युवाहरुलाई पार्ट टाइमका लागि काम ल्याउनुपर्छ । बिहान बेलुका पढ्नेहरुले फुर्सदको समयमा घरमा नै बसेर काम गर्ने राष्ट्रिय नीति बनाए यो व्यवसाय बढाउन सकिन्छ । हस्तकला व्यवसायलाई निर्यातका लागि अनलाइनको प्रक्रिया खोल्नुपर्छ । कसैले घरमा बसेर हस्तकला सामग्री बनयो, उसले अनलाइन मार्केटबाट युरोप, अमेरिका, लगायतका निर्यात गर्नसक्ने देशमा लैजान पाउनुपर्छ । त्यसले विचौलियाको भुमिका हुँदैन । हस्तकलाको एक्सपोर्ट हाउस र एक्सपोर्ट ग्राम बनाएर त्यहाँ कुनैपनि विदेशी आउँदा घुमाउनुपर्छ । यसले पर्यटकहरु पनि बस्ने दिन लम्बिन्छ । हस्तकलाको प्रवद्र्धन पनि हुन्छ ।’

    अध्यक्ष मल्लले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढे देशको जिडिपी ग्रोथ ७ प्रतिशतसम्म पुग्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend