logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • बामदेव भन्छन्- ‘पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली’

    बामदेव भन्छन्- ‘पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली’

    3.3K
    Shares
    बामदेव भन्छन्- ‘पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली’

    काठमाडौं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले मुलुकको पछिल्लो राजनीतिक परिदृष्यको मुख्य योजनाकार केपी ओली भएको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद गौतमले मुलुकमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गरे ।

    तर, मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको उनको भनाई थियो । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै भने, ‘यो स्थिति ल्याउनुमा जुन आजको स्थिति बिग्रेको छ भनिन्छ । त्यसको निम्ति मूल कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले)का अध्यक्ष । मलाई धेरै पत्रकारहरुले सोध्नु भएको थियो–यस पटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईँले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर ? मैले भने–पात्र त प्रचण्ड नै हो । तर योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ । महाभारतमा अर्जुन र कृष्णहरु छन् । कृष्णलाई मुख्य मान्छन तर धुनवान चढाएर सबैसबै समाप्त गर्ने त अर्जुन नै हो । त्यसो भएर कृष्णलाई पछाडिबाट सहयोग गर्ने व्यक्ति मानिन्छ । पात्रको रुपमा अर्जुनलाई मानिन्छ । यस पटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र, मुख्य पात्र प्रचण्ड हुनु भएको छ ।’

    सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बनेको भन्दै प्रचण्डलाई धन्यवाद समेत दिए । उनले सरकारलाई विश्वासको मत दिएकोमा काँग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गरे । सांसद गौतमले नेपालको संविधानमा कोहीँ पनि प्रतिपक्ष भन्ने नरहेको बताए ।

    एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाई थियो । उनले भने, ‘नेपालको संविधानमा कहीँ पनि प्रतिपक्ष भन्ने छैन । त्यो त नियमावलीमा छ, सिद्धान्तमा छ । र, संविधानमा कहीँ पनि छैन । संविधानले एउटा अवस्थामा एउटै पार्टीको नेतृत्वमा सरकार बन्छ । अरु सबै प्रतिपक्षमा बस्ने स्पष्ट रुपले बताएको छ । यस पटकको सरकार संविधानको धारा ७६ को उपधारा २ को सरकार हो ।’ सांसद गौतमले काँग्रेस नेताहरुले प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर भनेकाले त्यसमा विश्वास गरेर अघि बढ्न उपयुक्त हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend