logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रीहरुलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था शुरु गर्नुपर्छः सांसद पाण्डे

    मन्त्रीहरुलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था शुरु गर्नुपर्छः सांसद पाण्डे

    2.8K
    Shares
    मन्त्रीहरुलाई अनिवार्य नेपाली उत्पादन लगाउने व्यवस्था शुरु गर्नुपर्छः सांसद पाण्डे

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले देशभरका सरकारी कार्यालयमा हप्ताको एक पटक नेपाली उत्पादन प्रयोगको शुरुवात गर्न सरकारसँग माग गरेका छन् । शुक्रवार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभामा बोल्दै उनले सरकारी कार्यालयमा कर्मचारीहरुले हप्ताको एक पटक नेपालमा उत्पादित पोशाक लगाउने प्रक्रिया थालनी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

    उनले मन्त्रीपरिषद्को बैठकमा उपस्थित हुँदा मन्त्रीहरुले अनिवार्य रुपमा नेपाली उत्पादन लगाउनुपर्ने व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे । उनले आगामी दिनमा सरकारले विज्ञान र प्रविधिको अधिक प्रयोग गरी घरेलु उद्योगहरुको प्रोत्साहन गर्नुपर्ने बताए । उनले आफू वागमती प्रदेशको मुख्यमन्त्री हुँदा बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने काम शुरु गरेको बताए । उनले आगामी दिनमा सरकारले ५ लाखलाई वार्षिक तालिम दिनेगरी काम अघि बढाए सीपयुक्त नेपालीको देश बन्ने बताए ।

    उनले भने, ‘तपाईका क्याबिनेट बैठकमा कम्तीमा मन्त्रीले नेपाली उत्पादन लगाएर आउने व्यवस्था गर्नुहोस् । साथै हरेक आईतवार वा सोमवार, हप्ताको एक पटक नेपाली उत्पादनको प्रयोग गर्ने क्रम चलाउनुहोस् । यसले स्वदेशी उत्पादन प्रयोग गर्न मद्दत पुग्छ । म मुख्यमन्त्री हुँदा हस्तकला ग्रामको अभियान अघि बढाएँ । विज्ञान प्रविधिलाई महत्व दिऔं । त्यसबाट घरेलु उद्योगहरुको प्रोत्साहन गरेर अघि बढौँ । बेरोजगार युवालाई रोजगारी सिर्जना गर्न १० हजार युवालाई ३ महिने आवासीय ट्रेनिङ दिने वागमती प्रदेश सरकारले १५ करोड छुट्याएर काम शुरु गरेको छ । यसले महत्वपूर्ण भुमिका खेल्छ । संघीय सरकारले ५ लाखलाई वार्षिक तालिम दिने गरौँ । सीपयुक्त नेपालीको देश बनाऔँ ।’

    सांसद पाण्डेले प्रधानमन्त्री दाहाल देशकै बलियो प्रधानमन्त्री भएकाले राष्ट्रको सीप र कलाको लागि आवश्यक कामहरु पूरा गर्न आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend