logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • घनश्याम भुसाल भन्छन्, ‘ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा’

    घनश्याम भुसाल भन्छन्, ‘ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा’

    3.8K
    Shares
    घनश्याम भुसाल भन्छन्, ‘ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा’

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हावी भएका कारण मुलुकको कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको आरोप लगाएका छन् । शुक्रबार एकीकृत समाजवादी पार्टी प्रवेश गरेका उनले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हावी भएपछि कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताए ।

    नेता भुसालले ओलीले राज्य र पार्टीलाई आफ्नो नोकर ठान्ने सिद्धान्त लिएको, सर्वत्र मै हुँ भन्ने विचार लिएको तथा सौराहा काण्डलाई नै संगठन ठान्ने नीति लिएको आरोप लगाए ।

    आफूले यसो भन्दै आएको र यसमा कसैले पनि बहस गर्न नसेकेको उनको भनाई थियो । नेता भुसालले निर्वाचनमा आफूलाई ओलीले उम्मेदवार नबनाउने कुरा थाहा भएको उल्लेख गर्दै आफ्नो निर्वाचन क्षेत्रमा मण्डलले दिपक बोहोरालाई उम्मेदवार बनाएपछि सो पार्टी परित्याग गर्नु परेको उनको भनाई थियो ।

    उनले भने, ‘कमरेड ओलीका कारणले, ओलीवादले, ओली विचार, ओली सिद्धान्त, ओली संगठन । संगठन कस्तो हुन्छ भन्दा सौराह काण्डमा जे गरियो, त्यस्तै संगठन हुन्छ । सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन् । यो उहाँको सिद्धान्त रह्यो । विचार के हो भन्दा सर्वत्र म । बस् यो विचार हो । यो सिद्धान्त हो, संगठन हो । यो ज्ञानमाथि, विज्ञानमाथि, तर्कमाथि, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिष्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गयो । यो कुनै गालीगलौज गरेको छैन । बहस गर्छ कसैले ? म बहस गर्न तयार छु । बहस गर्दै पनि आएको छ । कसैले यस विषयमा बोलेको पनि छैन । यस अर्थमा एक हिसावले भन्ने हो भने देखि यो कुरा सबैले बुझेका पनि छन् कि बिग्रेको यही कारणले हो भन्ने सबैले बुझेका छन् भन्ने पनि मलाई लाग्दछ । र, यस्तो अवस्थामा स्वयम् म नेकपा (एमाले)मा रहन सकिन । धेरैले भन्छन–किन छोडिस् ? मैले भनेको छु कि मेरो निर्वाचन क्षेत्रमा अर्को कसैलाई उठाईदैछ मलाई थाहा छ । थियो । र, मैले सबैलाई भनेको थिए कि मलाई उम्मेदवारी दिईदैन । यो सामान्य कुरा थियो । तर मैले अघिल्लो चुनावमा हराएका मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा पनि म सहेर बस्नु हो भने जिउँदै बस्नु पर्छ कि पर्दैन ? भन्ने कुरा जो सुकैले पनि सोच्ने कुरा हो जस्तो लाग्दछ मलाई । त्यसो हुँदा मैले त्यसको सिम्पली प्रतिवाद गरेको हुँ । यस अर्थ मैले त्यो छोडेर हिँडेको हुँ ।’

    नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको उनको तर्क छ । नेता भुसालले जनताको बहुदलीय जनवादको ब्याज खाएर हिँडने बाहेक एमालेका नेताहरुले केही पनि गर्न नसकेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend