logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता

    मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता

    3.6K
    Shares
    मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता

    काठमाडौं । मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

    प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ७(१) बमोजिम माघ २ गते सोमबार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता र नामावली प्रकाशन तथा सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रंजितकुमार यादवद्वारा जारी सूचनामा जनाइएको छ । सत्ता गठबन्धनबीच मधेस प्रदेशको सभामुखमा नेकपा एमाले र उपसभामुख जनमत पार्टीले पाउने गरी सहमति भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend