धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन गर्न शनिबार बिहान साढे ११ बजेदेखि सर्वदलीय बैठक बसेको छ। शुक्रबार बिहान ११ बजे सभामुख चयनका लागि प्रदेश सभाको बैठक बस्ने भनिए पनि स्थगित भएको थियो।
कांग्रेसले सभामुखको निर्वाचन प्रक्रिया फेरि सुरू गर्नुपर्ने अडान लिएको छ।
सत्तारूढ दलहरू भने अहिले नै सभामुखको निर्वाचन गरिनुपर्ने भनिरहेका छन्।
यो विषयमा के हुने भन्ने विषयमा सर्वदलीय बैठकले निर्णय गर्नेछ।