logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • दमकमा ९ पसलमा आगलागी, लाखौँ मूल्य बरावरको क्षति

    दमकमा ९ पसलमा आगलागी, लाखौँ मूल्य बरावरको क्षति

    3K
    Shares
    दमकमा ९ पसलमा आगलागी, लाखौँ मूल्य बरावरको क्षति

    दमक । दमक–६ स्थित नमूना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको क्षति भएको छ ।

    वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए ।

    आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उनले बताए । आगलागी कसरी भयो, कारण खुल्न सकेको छैन । आगलागी विद्युत् सर्ट भई लागेको हुनसक्ने प्रारिभ्मक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

    आगलागी दमकसहित कमल, गौरादह, कानेपोखरीलगायतका बारुणयन्त्र, प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend