logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘सबै पर्व राष्ट्रिय पर्व’

    ‘सबै पर्व राष्ट्रिय पर्व’

    2.5K
    Shares
    ‘सबै पर्व राष्ट्रिय पर्व’

    मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति वा माघीपर्वका रूपमा मनाइने गरिएकाले यसको आफ्नै विशेषता र सांस्कृतिक महत्व रहेको बताएका छन् ।

    माघे सङ्क्रान्तिका अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले नेपालमा मनाइने सबै पर्व राष्ट्रिय पर्व भएको उल्लेख गर्दै यस्ता पर्वले नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताएका छन् । “भौगोलिक, जातीय र सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपालमा सबै समुदायले मनाउने चाडपर्वहरू राष्ट्रिय पर्व हुन्”, प्रमुखको शुभकामना सन्देशमा भनिएको छ, “हाम्रा पर्वहरूले हामी नेपालीलाई सहिष्णुतापूर्वक एउटै सूत्रमा बाँध्ने काम गरेको छ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend