काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।