logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    2.6K
    Shares
    विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    काठमाडौँ । पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाको आयोजनामा राजधानीमा दीप प्रज्वलन गरिएको छ ।

    ठमेल पर्यटन विकास परिषद्, नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एसोसिएस न नेपाल (हान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) लगायतका सङ्घसंस्थाले दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् ।

    शोकसभामा परिषद्का उपाध्यक्ष सहदेव धमलाले सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार भएकाले नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

    नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष ठाकुर पाण्डेले पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रमा क्षति पुगेको बताए । सोही अवसरमा एक मिनेट मौनधारण गरिएको थियो । आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० कल साइन भएको विमान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend