logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

    यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

    1K
    Shares
    यमनको अर्थतन्त्रमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घले यमनको अर्थतन्त्रमा सहयोग पु¥याउन सबै विदेशी दाता तथा राष्ट्रहरुसँग आग्रह गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय सहायता सम्बन्धी संयोजक तथा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव मार्टिन ग्रिफिथले सो आग्रह गरेका हुन् ।

    उनले सोमबार विश्वका देशहरुलाई सो आग्रह गरेको समाचारमा जनाइएको छ । उनले भने– म विश्व समुदायलाई हाल यमनको अर्थतन्त्रको प्रवद्र्धनका लागि गरिरहेको सहयोगमा कम्तीमा पनि दोब्बर गर्नका लागि आग्रह गर्दछु ।

    युद्धग्रस्त यस देशको अर्थतन्त्र प्रतिदिन निकै कमजोर हुदै गएकाले यसका लागि सहयोग गर्न उहाँले सो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको सोमबारको बैठकमा उहाँले सो आग्रह गरेको बताएका छन् ।

    यस सन् २०२३ यमनका लागि निकै कठिन वर्ष हुन सक्ने खतरा रहेको पनि उनले बताएका छन् । यहाँको अर्थतन्त्र कमजोर हुदै गएकाले यो वर्ष यमनका लागि खतरा हुनसक्ने उनको भनाई छ ।

    यहाँ मानवीय सहायताको खाँचो झन् बढ्दै गएको देखिएको र सन् २०२३ मा मात्र २ करोड १६ लाख नागरिकलाई यसको खाँचो पर्न जाने पनि उनले बताएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend