logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकामा गोली प्रहार गरी छ जनाको हत्या

    अमेरिकामा गोली प्रहार गरी छ जनाको हत्या

    4K
    Shares
    अमेरिकामा गोली प्रहार गरी छ जनाको हत्या

    एजेन्सी । अमेरिकामा भएका गोली प्रहारका घटनामा परेर सोमबार मात्र कम्तीमा पनि छ जनाको ज्यान गएको छ ।अमेरिकाको क्यालिफोर्नियामा ती गोली प्रहार र हत्या भएका हुन् । अमेरिकाको क्यालिफोर्नियाको टुलारे काउन्टीमा भएको गोली प्रहारमा परेर एकजना १७ वर्षीया युवती र उनकी छ महिनाकी छोरीको ज्यान गएको छ ।

    त्यस्तै सोही काउन्टीमा अर्का चार जनालाई घरमै बोलाएर हत्या गरिएको बताइएको छ । एक व्यक्तिको घरमा सो हत्याकाण्ड भएको छ । त्यसमा परेर अर्का एकजना घाइते भएका छन् र उनलाई अस्पताल पु¥याइएको छ ।

    ती हत्याकाण्डमा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरु कुनै समूहसँग सम्बन्धित रहेका र समूहका बीचको सम्पर्कका कारण यो हत्या भएको अनुमान गरिएको अनुसन्धानदाताहरुले जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend