logo

२०८१ जेष्ठ २ बुधबार

logo
  • बुधबार, २ जेष्ठ २०८१
  • आइएमई पे ले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

    आइएमई पे ले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

    4.1K
    Shares
    आइएमई पे ले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

     

    काठमाडौ । आइएमई पेले मोबाईल रिचार्जमा ५% सम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः सुरु गरिएको छ ।

    यस अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५% क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा २% क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ ।

    हाल सम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आईरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।

    आइएमई पे’ को बारेमा:
    आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । ।।।आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

    आइएमई डिजिटल सोलुसन लिमिटेडले आईएमई पे’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउदै आईरहेको र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोगलिएर मोबाइल मार्फत्विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन् ।

    यसले व्यक्ति– व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाईन तथा स्थलगत स्टोरहरूमा क्युआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय

    सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । यस सेवा अन्तर्गत वालेटमा ब्याज र क्यास ब्याक सुविधा सहित विभिन्न प्रकारका बील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने विश्वसनीय वित्तिय सेवा समेत समावेश गरिएको छ । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूलाई प्रत्यक्ष रुपमा ।।।आइएमई पे’ सेवामा आबद्ध गरी आफ्नै मोबाइल तथा आईएमईका व्यावसायिक साझेदार सञ्जाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend