काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् ।
मंगलवार अस्पतालमा पुगेका प्रचण्डले वर्षमानलाई भेटेर स्वास्थ्य समस्याबारे जानकारी लिएका छन् ।
वर्षमान अस्वस्थ भएपछि शनिवार सुमेरु अस्पतालमा भर्ना भएका थिए ।
गृहजिल्ला रोल्पा पुगेका वर्षमान एक्कासि अस्वस्थ भएपछि हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो ।