logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कान्ती बाल अस्पतालमा बेड नपाएर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

    कान्ती बाल अस्पतालमा बेड नपाएर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

    2.2K
    Shares
    कान्ती बाल अस्पतालमा बेड नपाएर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने स्वास्थ्यमन्त्रीको प्रतिवद्धता

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले कान्ती बाल अस्पतालमा बेड नपाएर बिरामी बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । मन्त्री  गिरीले बालबालिकाहरुको गुणस्तरीय उपचारमा कमी हुन नदिन पनि कान्ती बाल अस्पताललाई निर्देशन दिए ।

    स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै अस्पतालको निरीक्षणका लागि पुगेका उनले यस्तो निर्देशन दिएका हुन् । उनले कोही पनि बालबालिका सुलभ र गुणस्तरीय उपचार नपाएर भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

    उनले पछिल्लो समय कान्ती बाल अस्पतालमा आइसीयु बेड नपाउने गरेको गुनासोहरु धेरै आएको भन्दै जनताको गुनासोलाई समाधान गर्नेगरी अस्पतालमा आइसीयु बेडको संख्या बढाउन पनि निर्देशन दिए ।

    उनले अस्पताललाई चुस्त सेवा दिने व्यवस्थाका लागि सरकारले गर्नुपर्ने सहयोग पूर्ण रुपमा सरकारबाट हुने पनि प्रतिवद्धता जनाए । उनले कान्ती बाल अस्पतालमा उपचारका लागि आएका बिरामीहरु बेड नपाएका कारण बाहिर जानुपर्ने अवस्थाको पूर्ण रुपमा अन्त्य हुनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘देशको एउटा मात्रै सरकारी बाल अस्पताल धेरै बिरामीहरु आउनुहुन्छ तर यहाँ भित्र बेड नपाएका कारणले बाहिर जानुपर्ने बाध्यत्मक अवस्था छ, यसलाई अन्त्य गर्न सक्नुपर्छ । जनगुनासो पनि त्यही किसिमले आएको छ । भर्ना गर्नसक्ने अवस्था छैन हामी बाहिर जानुपर्ने र महंगो तिर्नुपर्ने अवस्था छ भन्ने आएको छ । यो कुरालाई अन्त्य गर्नुपर्छ । आन्तरिक व्यवस्थापनलाई अधिकतम बालबालिकाको उपचार गर्ने कुरालाई प्राथमिकता दिने गरेर हुनुपर्छ । सरसफाईका समस्या समाधान गर्नुपर्छ । जनशक्तिमा कमी भए हामी पूरा गर्नेछौँ तर आएका बिरामीहरुले राम्रो गरी उपचार पाउनुपर्छ ।’

    मन्त्रालयका कर्मचारीहरुले भने इक्वीपमेण्ट र ठाउँ प्रशस्त भएपनि आवश्यक जनशक्ति नभएको गुनासो गरेका थिए । मन्त्री गिरीले कोही पनि बालबालिकाहरु उपचार गर्न आउँदा उपचार नपाएर बाहिर जाने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाए । मन्त्री गिरीले आजै राष्ट्रपति भवनमा शपथग्रहण गरी मन्त्रालयको कार्यभार सम्हालेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend