जनकपुरधाम। नेपाली कांग्रेसले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने बताएको छ । विश्वासको मत लिन आज बसको प्रदेशसभा बैठकमा यस्तो निर्णय भएको हो ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।